धरानमा असोज १० गतेदेखि विद्यालय भौतिक रुपमा सञ्चालन हुने

धरान ।
धरानमा असोज १० गतेदेखि विद्यालय भौतिक रुपमा सञ्चालन हुने भएका छन । धरान उपमहानगरपालिकाले असोज १० गतेदेखि विद्यालय भौतिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका शाखा अधिकृत रमेशकुमार शाहले सूचना जारी गर्दै १० गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको जनाएका छन ।

सूचनामा ‘संस्थागत विद्यालयहरुबाट लिइने शुल्कलाई अभिभावकहरुले दबाबको रुपमा झेल्नुपर्ने बाध्यतालाई हृदयंगम गरी यस अघि झै अभिभावक र विद्यालयको सहमती र समन्वयमा शुल्क लिने व्यवस्था गर्न र दशैं तिहारबीचको अवधिमा समेत विद्यालय लामो सममयसम्म बन्द नगर्न’ भनिएको छ ।