ईलाममा रोकीएको पिकअप पछाडी सर्दा किचेर एकको मृत्यु

ईलाम ।
ईलाममा रोकीएको पिकअप पछाडी सर्दा किचेर एक जनाको मृत्यु मृत्यु भएको छ । माइजोगमाइ गाऊपालिका ५ सोयाङ गणेश गोलाइमा रोकी राखेको पिकअप गाडी सर्दा किचेर सोही गाडीमा सवार सोही स्थानका ५७ बर्षीय खिर कुमार तामाङको मृत्यु भएको हो ।

बिहिबार बेलुका पौने ७ बजे इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी रोकिएको बेला सोही गाडीमा सवार तामाङ बाहिर निस्किएको अवस्थामा अचानक गाडी पछाडी सरेर उनलाई किचेको थियो । गाडिले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको थियो ।
पिक अप र चालक इलाम सन्दकपुर गाऊपालिका १ माइपोखरी का ३० बर्षीय महेश राईलाई जिल्ला प्रहरी कार्यालय ईलामले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।