ब्राउन सुगर सहित झापाबाट ३ पक्राउ

झापा ।
झापाबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका का २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ बर्षीय रतन सिंह रहेका छन् ।

बिहिबार बेलुका साढे ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ बसपार्कमा रहेको एक होटलबाट रोशन सुबेदी र सुमन कार्कीलाई ब्राउन सुगर ६ ग्राम ७०० मिलि ग्राम सहित पक्राउ गरेको हो ।
त्यस्तै बिहिबार साढे २ बजे लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ तुर्केनी खेल मैदान छेउबाट रतन सिंहलाई ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।