कांग्रेस मोरङ ३ (ख) को सभापतिमा बेलबारीका केदार अधिकारीको उमेद्वारी घोषणा


नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका अनुसार हुनलागेको प्रदेशसभा क्षेत्रिय अधिवेसनका लागि मोरङ क्षेत्र नम्बर ३ (ख) को सभापतिका लागि बेलबारीका केदार अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ । अधिकारीले शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफुले उमेद्वारी दिने जानकारी गराउनुभएको हो ।
कांग्रेस केन्द्रिय निर्वाचन समितिको संसोधित पछिल्लो कार्यतालिका अनुसार यहि असोज १२ गते प्रदेशसभा क्षेत्रिय अधिवेसन आयोजना हुँदैछ । प्रदेशसभाको निर्वाचन क्षेत्र मोरङ क्षेत्रनम्बर ३ (ख) मा बेलबारी नगरपालिकाका ६ वटा वडा र सुन्दरहरैँचा नगरपालिकाका ६ वटा वडाहरु समेटिएका छन् ।
हाल कांग्रेस मोरङ क्षेत्रनम्बर ३ का सदस्य रहनुभएका अधिकारीले पार्टी तथा देशकै नेतृत्व अब जुझारु युवाहरुको हातमा आउनुपर्दछ भन्ने सन्देशका साथ आफुले उमेद्वारी घोषणा गरेको अधिकारीले जानकारी दिनुभएको छ । विगत लामो समयदेखि कांग्रेसका विभिन्न भातृसंगठनहरु नेविसंघ,तरुणदल हुँदै पार्टीमा समेत रहेर काम गरेको अनुभव र जोस जाँगर समेत रहेकाले त्यसलाई सदुपयोग गर्दै पार्टी संगठनलाई आफुले अघि बढाउने अधिकारीको दावी छ । नेतृत्व गर्ने समय र शक्ति छँदै शिक्षित युवाहरुले संगठनको नेतृत्व गर्न पाएमा मात्रै सिर्जनात्मक रुपमा पार्टी अघि बढ्न सक्ने भएकाले त्यसकै लागि पनि आफ्नो उमेद्वारी रहेको अधिकारीले बताउनुभएको छ । अधिकारी भन्नुहुन्छ ‘आफु सिंगो पार्टीको उमेद्वार भएकाले अमुल्य मत दिन सम्पुर्ण क्षेत्रिय प्रतिनिधिलाई आग्रह गर्दछु’
विभिन्न सामाजिक,शैक्षिक तथा सञ्चार क्षेत्र सम्बद्ध रहेर काम गर्नुभएका अधिकारी अहिले बेलबारीमा आफ्नै व्यवसाय बेलबारी मनि ट्रान्सफर सञ्चालन गरीरहनुभएको छ । अधिकारी हाल गुरुकुल पाठशालाका अध्यक्ष,बेलबारी उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष हनुहुन्छ ।उहाँ बेलबारी जेसिजका संस्थापक उपाध्यक्ष, संयन्त्र सञ्चार सहकारी संस्थाका पुर्व कोषाध्यक्ष हुनुहुन्छ ।




Leave a Reply

Your email address will not be published.