बुढिगंगामा करेन्ट लागेर एकको मृत्यु

मोरङ ।
मोरङ बुढिगंगा गाऊपालिका ६ सैतानपुर का २६ बर्षीय कामलिस माझीको करेन्ट लागेर मृत्यु भएको छ ।
बुधबार बेलुका ४ बजे सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको हो ।
घटना सम्बन्धमा प्रहरी चौकी कोयलपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।