लागूऔषध सहित एक जना पक्राउ

मोरङ ।
मोरङ बिराटनगर महानगरपालिका १६ दरैयाबाट एक जनालाई प्रहरीले लागूऔषध सहित पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १३ का २३ बर्षीय सुशिल श्रेष्ठ रहेका छन् ।

बुधबार बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।