परिक्षण मध्ये ८ दशमलव १२ प्रतिशतमा कोरोना

पछिल्लो २४ घण्टामा देशभर नमुना परिक्षण मध्ये ८ दशमलव १२ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार दुई सय ४३ नमुना परीक्षण गर्दा एक हजार दुई सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।


आज थपिएकासँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७८ हजार सात सय ७६ पुगेको छ ।
यस्तै थप एक हजार तीन सय २४ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५६ हजार नौ सय ५४ पुगेको छ ।
यही अवधिमा थप १३ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ७२ पुगेको छ ।
अहिले नेपालमा २० हजार सात सय ४३ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ४० जनाको आईसीयू र एक सय ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।