बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुनसरी ।
सुनसरी दुहबी नगरपालिका २ कोशी लोकमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बुढीगंगा ७ का आशराम माझी रहेका छन् ।

बिहिबार बिहान सवा ८ बजे बिराटनगर आऊँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो क्रश गर्न लागेको को ३४ प ९०६७ नम्बर को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक माझी गम्भिर घाईते भएका थिए ।
उनको न्युरो अस्पताल विराटनगर पु¥याउन साथ मृत्यु भएको हो ।
बस र बस चालक सिन्धुपाल्चोक ईन्द्रावती ४ का ३० बर्षीय अशोक थापा मगर ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।