परीक्षण गरिएकामध्ये १० दशमलव ६१ प्रतिशतमा कोरोना

पछिल्लो २४ घण्टामा देशभर नमुना परीक्षण गरिएकामध्ये १० दशमलव ६१ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार नौ सय ३० जनाको नमुना परीक्षण गर्दा एक हजार चार सय ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७७ हजार चार सय ३७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६ सय ३० जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको सङ्ख्या सात लाख ५५ हजार ६ सय ३० पुगेको छ ।
यही अवधिमा थप ६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५९ पुगेको छ ।

अहिले नेपालमा २१ हजार एक सय ३९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन ।