बेलबारीका १ सहित कौडा खेलिरहेको अवस्थामा दमकबाट १७ पक्राउ

झापा ।
झापाको दमक बाट कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ परेका छन । दमक–१ बस्ने हिमाल देवानको घर कम्पाउण्डमा ठुलो रकमको बाजी राखी जुवा खेलिरहेको भन्ने बिशेष सुराकका आधारमा मंगलबार राती साढे ११ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा भद्रपुर–७ का ५१ बर्षीय युवराज न्यौपाने, भद्रपुर–९ का ४९ बर्षीय दिल बहादुर राई, भद्रपुर–१० का ५० बर्षीय ठाकुर प्रसाद निरौला, बिर्तामोड–१ का ४२ बर्षीय तिर्थ अधिकारी, कन्काई–३ का ३२ बर्षीय मोहन बराल र बर्ष ३२ कै सुनिल साह, गौरादह–५ का ४५ बर्षीय हरि कोईराला, कमल गाँउपालिका–४ का ४७ बर्षीय सुबिन्द्र सुब्बा, दमक–७ का ४९ बर्षीय कर्ण राई, सोही स्थानका ४० बर्षीय राजन दाहाल र ३४ बर्षीय विनोद थेबे, बेलबारी ११ का २१ बर्षीय निशान पोखरेल, पथरी शनिश्चरे ४ का ४० बर्षीय बलराम बस्नेत,पथरी शनिश्चरे–१ का ४३ बर्षीय गंगाराम मगर, मोरङ ग्रामथान–४ का ५७ बर्षीय लक्ष्मी प्रसाद अधिकारी, ग्रामथान–५ का ४२ बर्षीय नैन कुमार चौधरी र ग्रामथान–६ का ४४ बर्षीय रुपेश तामाङ रहेका छन ।

साथै प्रहरीले जुवाको खालबाट १६ थान कौडा र नगद ४ लाख २७ हजार ६ सय रुपैया समेत बरामद गरेको छ ।
जुवाको खालबाट पक्राउ परेकाहरु उपर जुवा ऐन मुद्दामा कानुनी कारबाही अगाडी बढाईने ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।




Leave a Reply

Your email address will not be published.