सुनसरीमा ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु

सुनसरी ।
सुनसरीमा ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । सुनसरी ईटहरी २ बस्ने ४० बर्षीया निरा प्रधानको स्कुटी दुर्घटनाबाट मृत्यु भएको हो ।

ईटहरी–बरगाछि स्थित राजमार्गमा को २ त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक निरा गम्भीर घाईते भएकी थिइन । उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र चालक सुनसरी –७ का ३० बर्षीय कार्तिक रिसिदेब नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।