हत्या अभियोगमा ४ जना पक्राउ

झापा ।
झापाबाट हत्या अभियोगमा ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका–१ का ३७ बर्षीय लखन टुडु सतार , ५६ बर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ बर्षीय श्री हेमरम सतार रहेका छन ।

झापा झापा गाँउपालिका–१ माईती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा उनिहरु पक्राउ परेका छन ।
२०७८ साल भदौ २५ गते तत्काल नामथर वतन नखुलेको अवस्थामा झापा झापा गाँउपालिका–१ स्थित सानो माईखोलामा महिलाको अर्ध शरीर भएको टाँउको, घाटी,पेट (कम्मर भन्दा माथीको भाग) तथा घुडा भन्दा मुनीको भाग नभएको अवस्थामा फेला परेको जनाकारीसंगै जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट प्रहरी टोली खटि गई कानुनी कारबाही अगाडी बढाएको थियो ।

अनुसन्धान गर्ने क्रममा मृत ब्यक्ति ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको रहेको खुलेको थियो । पहिचान खुलेसंगै थप अनुसन्धानमा जुटेको प्रहरीले उनको हत्या गरेको पुष्ठी गरेसंगै उनको हत्यामा संलग्न रहेका उल्लेखित चारै जनालाई असोज १ गते पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालय झापाबाट पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो ।
पक्राउ परेकाहरु मृतक धोन्नीको आफन्तहरु रहेको र जग्गाको बिषयमा उनिहरु बिच बिबाद हुदै आएकोमा भदौ २५ गते चारै जना मिलेर धोन्नी टुडुलाई माईखोला किनारमा लगेर शरीरको बिभिन्न भागमा काटेर टुक्रा–टुक्रा पारेर खोलामा फालेको अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका चारै जना उपर कर्तब्य ज्यान मुद्धामा कानुनी कारबाही अगाडी बढाई घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।




Leave a Reply

Your email address will not be published.