मोरङ सहित ७ जिल्लाको वडा अधिवेशन भोलि

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङ सहित ७ जिल्लाको वडा अधिवेशन भोलि हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार मंगलबार मोरङ, काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुरामा वडा अधिवेशन हुनेछ ।

ढिलो गरी क्रियाशील सदस्यता सार्वजनिक भएका यि जिल्लामा मंगलबार वडा अधिवेशन हुन लागेको हो ।
१८ भदौदेखि शुरु भएको कांग्रेसको वडा अधिवेशन ५७ जिल्लामा सकिएको छ ।
अझै १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । प्रदेश दुईका आठ वटै जिल्ला, रसुवा, बाँके, कैलाली, सुर्खेत र रोल्पाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुन बाँकी भएका कारण वडा अधिवेशन हुन सकेको छैन ।
कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९–१३ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ ।