ब्राउन सुगर सहित झापाबाट १ पक्राउ

झापा ।
ब्राउन सुगर सहित झापाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा मेचीनगर नगरपालिका ४ राईसिंगबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित सोही स्थानका १८ बर्षीय दिल बहादुर मगरलाई पक्राउ गरेको हो ।

आइतबार प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।