बेलबारीका व्यवसायी तथा सामाजिक व्यक्तित्व मोहन सिवाको निधन


व्यवसायी एवम् सामाजिक व्यक्तित्व बेलबारी ४ का मोहन सिवाको निधन भएको छ । केही समयदेखि मुटुसम्बन्धी गम्भिर स्वास्थ्य समस्या झेल्दै आएका सिवाको उपचारका क्रममा सोमबार राति धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । मुटुसँग सम्बन्धित रोग देखिएपछि सिवाले नेपाल तथा भारतका समेत विभिन्न अस्पतालहरुमा उपचार गराएका थिए । काष्ठ व्यवसायमा संलग्न सिवा सञ्चार क्षेत्रसँग पनि आवद्ध थिए । उनी संयन्त्र सञ्चार सहकारीले सञ्चालन गरेको रेडियो बेतनाका शेयर सदस्य हुन भने बेलबारीमा केही वर्ष अघि सम्म प्रकासन हुनेगरेको संयन्त्र साप्ताहिक पत्रिकाका अध्यक्ष समेत रहेका थिए ।