प्रधानमन्त्रीको ट्वीटरको जवाफ दिँदै श्रीलङ्काका राष्ट्रपतिले गरे नेपालीको बयान

विराटचोकः श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति गोतभाया राजपाक्षेले बुद्धको जन्मभूमिका रूपमा श्रीलङ्कालीका मुटुमा नेपालीको विशेष स्थान रहेको बताएका छन् ।

राष्ट्रपति निर्वाचित भएकोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राजापाक्षेलाई ट्वीटरमार्फत् दिएको बधाई फर्काउँदै उनले ओलीलाई धन्यवाद दिने क्रममा यस्तो बताएका हुन् । राजापाक्षेले सार्क क्षेत्रको आर्थिक समृद्धि र शान्तिपूर्ण सहअस्तित्वका लागि काम गर्ने र ओलीसँग चाँडै भेट्ने आशा गरेको ट्वीटरमा उल्लेख गरेका छन् ।