इटहरीकी उपमेयरले भनिन्, ‘सडक समान भए पनि इटहरीमा छैन फुटपाथ’

इटहरीः रानी–धरान ६ लेन सडकको बिस्तार गर्ने क्रममा इटहरीमा मापदण्डविपरीत सडक निर्माण भएको भनी आलोचना भएपछि इटहरीकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा सोमबार सडकको चौडाइ नापिएको छ ।

उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा नागरिक समाज, सङ्घर्ष समिति, उपमहानगर र आयोजनाका इञ्जिनियरले इटहरीदेखि तरहरासम्मको विभिन्न ठाउँमा सडक नापेका थिए । नापजाँच गर्दा इटहरीदेखि तरहरासम्म सडकको कालोपत्रे गर्ने भाग एकैनास पाइएको थियो ।

तरहरा र आँपगाछी क्षेत्रमा फुटपाथ बनाइएको तर इटहरी चोकमा नबनाइएको पाइएको उपमेयर गौतमले बताइन् । यो विषयमा सम्बन्धित सबै सरोकारवाला क्षेत्रसँग छलफल गरेर अघि बढ्ने उनले बताइन् । उपमहानगरका इञ्जिनियर अरुण भक्तराजले इटहरी चोकदेखि उत्तर तरहरासम्म सेन्टरदेखि ड्रेन हाल्दै गरेको भागसम्म २० मिटर नै पाइएको बताए ।