शुक्रबारेमा भएको रक्तदानमा ४३ जनाले गरे रगत दान

सुन्दरहरैचा ।
मोरङ सुन्दरहरैचा नगरपालिका ११ शुक्रबारेमा भएको रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन । लायन्स क्लब अफ इन्द्रपुरले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका हुन ।
आइतबार सम्पन्न कार्यक्रमलाई धरान रेडक्रसले प्राविधिक रुपमा सहयोग गरेको थियो । शुक्रबारे युवा क्लबको बिशेष सहयोगमा रक्तदान कार्यक्रमको आयोजना सम्पन्न भएको हो ।