नेपाल फिलिपिन्ससँग पराजित

एएफसी महिला एसियान कप छनोट अन्तर्गत समूहको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ ले पराजित भएको छ । शनिबार उज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपाल पराजित भएको हो ।

सुरुवाती अग्रता लिए पनि अन्तिम समयमा लगातार दुई गोल खाएपछि नेपालले हार बेहोर्यो । नेपालकी विमला चौधरीले खेलको दशौं मिनेटमा उनले सुरुवाती दिलाएकी थिइन् ।
नेपालले खेलको ९० औं र इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल खाएको थियो ।
यस जितसँगै फिलिपिन्सले पहिलो खेलमा ३ अंक जोडेको छ । नेपालले अब अर्को खेलमा मंगलबार हङकङको सामना गर्नेछ । उक्त खेल जितेमा नेपाल एसियन कपका लागि छनोट सम्भावना जिवित रहनेछ । समूह विजेता सोझै एसियन कपको लागि छनोट हुने प्रावधान छ ।