तमु बुद्धिष्ट गुम्बा बेलबारीको साधारण सभा सम्पन्न

बेलबारी ।
नेपाल तमु( गुरुङ) बुद्धिष्ट गुम्बा बेलबारीको १४ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । गुम्बाको हलमा शनिबार साधारण सभा सम्पन्न भएको हो ।

बेलबारी नगरपालिका १ मा अवस्थित गुम्बाको साधारणसभामा संस्थाको सचिव केशव घलेले आय व्यय प्रस्तुत गरेका थिए । जस अनुसार बार्षिक आय ४ लाख ४३ हजार ३ सय ३८ रुपैया र २ लाख १९ हजार ३ सय १० रकम खर्च भई जम्मा २ लाख २४ हजार २८ रुपैया रकम बचत भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थाका सल्लाहकार रविन गुरुङले गुरुङ अग्रजहरुलाई सम्मान सस्था मार्फत दिनु पर्ने , गुरुङ समुदायहरु पनि सामाजिक , राजनीतिक नेतुत्वमा अघि बढनु पर्ने बताएका छन् । कार्यक्रममा संस्थाका सल्लाहकार चन्द्र बहादुर गुरुङ, नर बहादुर गुरुङ, पुर्ण बहादुर गुरुङ, बेलवारी नगरसभाका सदस्य बिन्दु गुरुङ, तमु ह्युल छोजधि राष्ट्रिय परिषद् मोरङका संगठन सचिव कृष्ण गुरुङ, तमु ह्युल छोजधी गुरुङ राष्ट्रिय परिषद् बेलवारीका सचिव कमल गुरुङ, प्रचार सचिव आशिष गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।




Leave a Reply

Your email address will not be published.