आज फेरि बढ्यो सुनको भाउ

विराटचोकः नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको भाउ बढेको छ ।
महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । छापावाल सुन प्रति तोला ७२ हजार र तेजाबी सुन प्रति तोला ७१ हजार ७ सय रुपैयाँ पुगेको छ । असली चाँदीको भाउ प्रतितोला ८ सय ६० रुपैयाँ पुगेको छ ।