भोजपुरमा पौडी खेल्ने क्रममा डुबेर १ को मृत्यु

भोजपुर ।
भोजपुरमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । भोजपुर आमचौक गाऊपालिका १ खाम्ताङ की १४ बर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

बिहिबार दिउसो १२ बजे आमचौक १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा परियार डुबेर बेपत्ता भएका थिए । प्रहरी चौकी वासिङथर्पु र ईलाका प्रहरी कार्यालय घोडेटरबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा उनलाई मृत अबस्थामा फेला पारेको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।