बिभिन्न स्थानमा भएका दुर्घटनाबाट ४ को मृत्यु, ५ घाईते

१ नम्बर प्रदेशको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु भएको छ । ५ जना घाईते भएका छन् ।
बिहिबार दिउसो पौने ११ बजे मोरङ बुढीगंगा गाऊपालिका ३ कोशीराजमार्गमा बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई रोडको साईडमा रहेको बिजुलीको पोलमा ठोकिदा एक जनाको मृत्यु भएको छ । कार चालक मोरङ बेलबारी १ का ३८ बर्षीय बाबुराम कार्की, कारमा सवार ४३ बर्षीया गिता लिम्बु, ३० बर्षीया चन्द्रकला राई र ५५ बर्षीया कानी धिमाल घाईते भएका थिए । घाईते मध्ये चन्द्रकला राईको बिराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा मृत्यु भएको छ । अन्य घाईतेको सोही अस्पतालमानै उपचार भईरहेको छ ।
बिहिबार बेलुका साढे ८ बजे झापा मेचिनगर नगरपालिका १२ कालीझोडा स्थित पुर्व–पश्चिम राजमार्गमा को २०प ४ नम्बरको मोटरसाईकले सोहि दिशा तर्फ जादै गरेको मे.१ त ७०६३ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिई दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घट्ना हुँदा गम्भिर घाईते भएका मोटरसाईकल पछाडी सवार मेचीनगर १३ का ३० बर्षीय युवराज लिम्बुको उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड पु¥याउन साथ मृत्यु भएको थियो । मोटरसाईकल चालक झापा कन्काई नगरपालिका ६ दुर्गापुर का ४३ बर्षीय दिल कुमार कार्कीको सोही अस्पतालमानै उपचार भईरहेको छ । ट्याक्टर, ट्याक्टर चालक झापा मेचिनगर २ का २६ बर्षीय सुवास नेम्वाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहिबार राती साढे १० बजे झापाकै बुद्धशान्ती गाऊपालिका ३ सातनम्बर चौकमा मेची राजमार्गमा मे.१० प ६०७ नम्बरको स्कुटी र बिपरित दिशाबाट आउदै गरेको प्र.१–०१–००१ज ३५५५ नम्बरको पिकअप एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा गम्भिर घाईते भएका स्कुटी चालक मेचीनगर नगरपालिका १३ का ३२ बर्षीय पर्शुराम लिम्बुको बि एण्ड सी अस्पताल बिर्तामोड पु¥याउन साथ मृत्यु भएको थियो भने सोही स्कुटीमा पछाडी सवार मेचीनगर नगरपालिका १३ की ३० बर्षीया मनिषा लिम्बु समेत घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको छ । पिकअप र चालक ईलाम सुर्योदय नगरपालिका १० का २७ बर्षीय विवेक प्रधान प्रहरीको नियन्त्रणमा रहेका छन् ।
यसै गरी बिहिबार राती १२ बजे मोरङ विराटगर महानगरपालिका १२ कोशी प्रोजेक्ट स्थित भित्रीसडक खण्डमा को २१प ५६१२ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुदाँ गम्भिर घाईते भएका स्कुटी चालक विराटनगर महानगरपालिका १ का ४२ बर्षीय रंजित कुमार शर्माको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती १ बजे मृत्यु भएको १ नंबर प्रदेश प्रहरी कार्यलय बिराटनगरले जनाएको छ ।