नेपाल फिफा वरियताको यथावत स्थानमा

नेपाल फिफा वरियतामा यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ६८औं स्थानमा यथावत रहन सफल भएको हो ।

दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ७ औं स्थानमा रहेको छ । माल्दिभ्स १५८औं स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ ।
बंगलादेश १८९औं, भुटान १८७औं, पाकिस्तान १९८औं र श्रीलंका २०५औं स्थानमा रहेका छन् । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ ।