ओखलढुंगामा करेन्ट लागेर १ को मृत्यु

ओखलढुंगा ।
ओखलढुंगामा करेन्ट लागेर १ जनाको को मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा सुनकोशी गाऊपालिका १० सोलुङपाखा का ५८ बर्षीय लोकनाथ गिरी रहेका छन ।

आफ्नै घरको भुईतलाको कोठा भित्र टर्चलाईट चार्ज गर्ने क्रममा करेण्ट लागी गिरीको घटनास्थलमै मृत्यु भएको थियो ।
ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।