दुई नाल भरुवा बन्दुकसहित मिक्लाजुङबाट १ पक्राउ

मोरङ ।
मोरङको मिक्लाजुङ गाउँपालिका–५ बाट दुई नाल भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाउपालिका ५ का ४३ बर्षीय जगत बहादुर लिम्बु रहेका छन ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई उनकै घरमा लुकाई छिपाई राखेको २ नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
उनको घरमा छापा मार्दा भरुवा बन्दुक फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए । पक्राउ परेका लिम्बूमाथि शुक्रबार म्याद थप गरी हातहतियार तथा खरखजाना मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।