सुनसरी ।
सुनसरी दुहबी नगरपालिका ९ छाताबेली स्थित जय बाबा ईट्टा भट्टा उद्योग भित्र ट्रिफरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बंगालका रफिकुल इस्लाम की छोरी ९ बर्षीया बबिता खातुन रहेकी छन् ।
को १ ख ५४५१ नम्बरको ट्रिफरले बालिकालाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रिफर र चालक धनकुटा सहिद भुमी गाऊपालिका ४ का ३० बर्षीय हेमराज राई ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको छ ।