२४ घण्टामा देशभर १ हजार ५ सय ११ जनामा कोराना सङ्क्रमण

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ११ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार एक सय ७९ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ११ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ९ दशमलव ९५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७० हजार एक सय ७६ पुगेको छ ।
यही अवधिमा एक हजार ६ सय ८९ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या सात लाख ४५ हजार दुई सय १५ पुगेको छ ।
अहिले नेपालमा २५ हजार सात सय ७२ जना सक्रिय सङ्क्रमित रहेकामा चार सय सात जनाको आईसीयू र एक सय २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा ११ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।