अवैध लागूऔषध सहित बेलबारी ११ का श्याम पक्राउ

बेलबारी ।

अवैध लागूऔषध सहित बेलबारी ११ का श्याम कुमार चौधरीलाइ प्रहरीले पक्राउ गरेको छ । चौधरीलाई १ केजी १ सय ९० ग्राम अवैध लागूऔषध गाँजा, ८० पिस स्पासपेन र ७० पिस पिग्रासप सहित प्रहरीले पक्राउ गरेको हो ।

श्याम कुमारले लागूऔषध गाँजा बेचबिखन गर्नेगरेको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।