मोरङसहित ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

नेपाली कांग्रेसले मोरङसहित थप सात जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ । क्रियाशील सदस्यता विवाद देखिएका मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची बुधबार सार्वजनिक गरिएको हो ।

योसँगै ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेको छ ।
निर्वाचन समिति सदस्य तेज रावलका अनुसार अब १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । प्रदेश दुईका आठ वटै जिल्ला, रसुवा, बाँके, कैलाली, सुर्खेतको क्रियाशील सदस्यता चाँडै सार्वजनिक हुने रावलले बताए ।
५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।