कांग्रेस बेलबारी २ मा पनि सर्वसम्मत वडासमिति चयन,विचारी लिम्बु सभापति


आसन्न १४ औँ महाधिबेशन अन्तर्गत नेपाली कांग्रेस बेलबारी वडानम्बर २ ले पनि सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरेको छ । सहमतिको पहल गर्न गठित ९ सदस्यिय कार्यदलको प्रयासमा भएको सहमति अनुसार बिचारी लिम्बुको सभापतित्वमा वडा समिति सर्वसम्मत चयन भएको हो । बुधबार राति भएको भेलामा सर्वसम्मत नेतृत्व र क्षेत्रिय प्रतिनिधि चयन गर्ने निर्णय भएको कार्यदलका सचिव विजय तोलाङ्गीले जानकारी दिए ।
लिम्बुको सभापतित्वमा गठित वडासमितिको उपसभापतिमा दिपक लिम्बु र अर्जुन कार्की, सचिबमा रेखबहादुर कोईराला (रमेश) र लोकेन्द्र ढकाल तथा सहसचिबमा ईन्द्रहाङ्ग राई र अमृता सेढाँई चयन भएका छन् । भेलाले १८ जना क्षेत्रीय प्रतिनिधि समेत सर्बसम्मत चयन भएका छन । क्षेत्रिय प्रतिनिधिमा मणीसुन्दर थापा,सनतकुमार ढकाल,विजय तोलाङ्गी,राजेश खत्री,भुवन कार्की,तिलक लिम्बु लगायत चयन भएका हुन् । कांग्रेस बेलबारी वडानम्बर २ मा नेतृत्व चयनका लागि सहमति पहल गर्न सनतकुमार ढकाल संयोजकत्वको कार्यदल गठन भएको थियो ।