६ लेन सडक आयोजनासँग इटहरीले माग्यो कागजपत्र

इटहरीः इटहरी उपमहानगरले रानी विराटनगर इटहरी धरान सडक सुधार आयोजनासँग आवश्यक सबै कागजपत्र उपलब्ध गराइदिन माग गरेको छ ।

सोमबार उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरीदेखि तरहरा सम्मको सडकको विभिन्न ठाउँमा सडकको चौडाइ नाप्ने काम पनि भएको छ । सडक निर्माण कार्यमा समन्वय, सहकार्य र सहयोग गर्ने प्रयोजनका लागि इटहरी– तरहरा सडक खण्डको डीपीआर, खरीद सम्झौता लगायतका कागजपत्र उपलब्ध गराउन माग गरेको जनाइएको छ ।

इटहरी तरहरा सडक खण्डमा फरक फरक मापदण्ड कायम गरी निर्माण भइरहेको भन्ने विषयमा अन्योल कायम भएको भन्दै विभिन्न सङ्घ संस्थाले उपमहानगरको ध्यानाकर्षण गराइरहेकाले कागजपत्र माग गरिएको पत्रमा उल्लेख गरिएको छ ।