कैद ठहर भएका फरार २ प्रतिवादी पक्राउ

बेलबारी ।
कैद ठहर भएका फरार २ प्रतिवादीलाई इलाका प्रहरी कार्यलय बेलबारीले पक्राउ गरेको छ ।
सवारी ज्यान मुद्दामा कैद ठहर भएका फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यलय बेलबारीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा २ बर्ष ११ महिना ६ दिन कैद ठहर भएका फरार प्रतिवादी वेलबारी नगरपालिका वडा नं ३ बस्ने राम वहादुर वन रहेका छन ।

मोरङ जिल्ला अदालतको मिति २०७०।०१।१२ गतेको फैसलाले वनलाई सवारी ज्यान मुद्दामा २ बर्ष ११ महिना ६ दिन कैद सजाय तोकेको थियो । पक्राउ परेका वनलाई मोरङ जिल्ला अदालत पेश गरिएकोमा मोरङ कारागार कार्यालय चलान भएको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।
त्यसगरी जिल्ला अदालतकै मिति २०७६।११।१३ गतेको फैसलाले लागु औषध मुद्दामा १० महिना १७ दिन कैद र जरिवाना नगद रू ५०००।– (पाँचहजार) ठहर भएका जिल्ला मोरङ वेलबारी नगरपालिका वडा नं १ बस्ने बर्ष २७ को लक्ष्मी गुरुङलाई पनि इलाका प्रहरी कार्यलय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालत पेश गरिएकोमा मोरङ कारागार कार्यालय चलान भएको जनाइएको छ ।