खैरोहिरोईन ब्राउनसुगर सहित झापाबाट दुई पक्राउ

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

झापा ।
झापाको बिर्तामोड–३ बाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ पथरी–२ का ३४ बर्षीय भिमराज राई र पथरी–१ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु रहेका छन ।

को २७ प ८६७४ नम्बरको मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा चालक राईको साथबाट २३ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरेको हो ।
पक्राउ परेका राई उपर थप अनुसन्धान गर्ने क्रममा ब्राउनसुगर ओसारपसारमा लिम्बु समेतको संलग्नता पाईएकोले उनलाइ समेत पक्राउ गरी दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।