सुनवर्षीबाट लागूऔषध ट्रमाडोल र नाइट्राभेटसहित एक पक्राउ

मोरङ सुनवर्षी नगरपालिका–८ विश्वकर्मा कल्बटस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १ हजार ४ सय ट्याबलेट र नाइट्राभेट १३ ट्याबलेट सहित सुनवर्षी नगरपालिका–३ अमरदह बस्ने २३ वर्षीय मनोज रायलाई प्रहरीले पक्राउ गरेको छ । को.२६ प ४३८१ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक रायलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।