नेपाल ओमानसँग ५ विकेटले पराजित

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । नेपाल ओमानसँग ५ विकेटले पराजित भएको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी लक्ष्य ओमानले ३१.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४७.४ ओभरमा १ सय ९६ रनमा अल आउट भएको थियो ।
नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेलमा भदौ १७ मा अमेरिकासँग खेल्ने छ । ओमानले भदौ १६ मा अमेरिकासँग खेल्ने छ ।