मन्त्रिपरिषद् पुनर्गठन : ओली र प्रचण्डबीच सहमति जुटेन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच सहमति नजुट्दा हिजो मन्त्रिपरिषद् पुनर्गठन हुन सकेन ।

दुई अध्यक्षबीच हिजो साँझ भेटवार्ता भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कुन-कुन मन्त्रीलाई हटाउने तथा क-कसलाई मन्त्री बनाउने भन्नेमा छलफल भएको बताइएको बालुवाटार श्रोतले जनाएको छ ।