५२ लाखले लगाए पूर्ण मात्रा खोप

देशभर पछिल्लो २४ घण्टामा ९१ हजार बढिले कोरोनाविरुद्धको खोप लगाएका छन् । २४ घण्टामा ९१ हजार आठ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै हालसम्म पुर्ण मात्रा खोप लगाउनेको संख्या ५१ लाख ९८ हजार एक सय ९३ पुगेको छ ।
५८ लाख ३३ हजार ३८ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।