देशभर थप १ हजार ४ सय ८६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर एक हजार चार सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार पाँच सय ३९ वटा नमुना परीक्षण गर्दा एक हजार चार सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या आठ लाख ६५ हजार तीन सय ४३ पुगेको छ ।
यस्तै थप एक हजार दुई सय ६० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ४० हजार सात सय १७ पुगेको छ ।
यही अवधिमा थप १० जनाले सङ्क्रमणका कारण ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय ६५ पुगेको छ ।

अहिले नेपालमा २६ हजार ६ सय ३० जना सक्रिय सङ्क्रमित रहेका छन ।