बन्द रहेको हलेसी मन्दिर खुल्ला

खोटाङ

बन्द रहेको खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिर खुल्ला गरिएको छ । कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै चार महिनादेखि बन्द गरिएको खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिर सोमबारबाट खुला गरिएको हो ।

कोभिड–१९ को सङ्क्रमण दर घट्दै गएको तथा सङ्क्रमण दर न्यून रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा संयोजकत्वको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकको निर्णय अनुसार मन्दिर खुला गरिएको हो ।
चार महिनाभन्दा बढी समयदेखि बन्द रहेको हलेसी मन्दिर कोभिड सम्बन्धी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्नेगरी खुला गरिएको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताउनुभयो ।