सवारी दुर्घटनाबाट १ को मृत्यु

धनकुटा ।
धनकुटा सागुरीगढी गाऊपालिका ६ मालबासे स्थित कोशी राजमार्गमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा शहिदभुमी गाऊपालिका ४ का ३६ बर्षीय गणेशमान राई रहेका छन् ।

आइतबार साँझ संखुवासभाबाट धरान तर्फ आउदै गरेको को १ ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउदै गरेको को१९प ९४२८ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार गणेशमान गम्भिर घाईते भएका थिए । धरान घोपामा उपचारको क्रममा उनको बेलुका पौने ७ बजे मृत्यु भएको थियो । दुर्घटनामा सामान्य घाइते भएका मोटरसाईकल चालक ईलाम चुलाचुली गाऊपालिका ६ का ३३ बर्षीय रत्न कुमार राईको सोही अस्पतालमानै उपचार भईरहेको छ ।
बस र बस चालक सुनसरी धरान १३ का ५८ बर्षीय कृष्ण बहादुर पाख्रिन ईलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा रहेको र घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।