एकीकृत समाजवादीको ताप्लेजुङ जिल्ला समिति गठन

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ताप्लेजुङ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को ताप्लेजुङ जिल्ला समिति गठन गरिएको छ । अध्यक्षमा छिरिङ लामा चयन भएका छन् । सदरमुकाम फुङलिङमा भएको अगुवा कार्यकर्ता भेलाले ७२ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको छ ।

कमिटीका उपाध्यक्षमा दुर्गाहाङ चोङ्वाङ (लिम्बू) र मञ्जु भट्टराई चयन भएका छन् भने सचिवमा मोहन न्यौपाने र उपसचिवमा रक्की थेबे रहेका छन् । एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गणेश काम्बाङको प्रमुख आथित्यतामा भेला सम्पन्न भएको थियो ।
जिल्लामा २१ जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालयमा हस्ताक्षर गरेका थिए भने एक जनाले भने हस्ताक्षर फिर्ता लिएका थिए ।