ओखलढुंगामा टाटा सफारी दुर्घटना, १ को मृत्यु

ओखलढुंगा ।
ओखलढुङगा मानेभन्याङ गाऊपालिका ६ हिलेपानीको मितेरिभन्ज्याङ स्थित सिद्धिचरण राजमार्गमा टाटा सफारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा बारा सिमरा महानगरपालीका १५ का ४५ बर्षीय पृथ्वी बहादुर श्रेष्ठ रहेका छन् ।

आइतबार दिउसो १२ बजे ओखलढुंगाबाट रामेछाप तर्फ जादै गरेको बा११च ५२१० नम्बरको टाटा सफारी गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसि दुर्घटना भएको थियो ।
घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।