नेपाल र बङ्गलादेशबीच बराबरी

नेपाल राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।

बिहीबार भएको पहिलो मैत्रीपुर्ण खेलमा नेपालले २–१ को जित निकालेको थियो ।
सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालले अहिलेसम्म बंगलादेशसँग हार बेहोरेको छैन । यो नतिजासँगै हालसम्म खेलेका ८ खेलमा नेपालले ६ जित र २ बराबरी खेलेको छ ।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी कप २०२२ छनोटअघि नेपाल र बंगलादेशसँग मैत्रीपुर्ण खेल खेलेको हो । नेपाली महिला टोलीले सन् २०२२ मा भारतमा हुने एसियन कपको छनोटका लागि उज्वेकिस्तानमा १८ सेप्टेम्वरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।