करणी र डाँका मुद्दाका फरार प्रतिवादी १० बर्षपछि पक्राउ

सुनसरी ।
जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी इटहरी उपमहानगरपालिका–१७, पकलीका ४१ वर्षीय बल्ला भन्ने रजावुल मियाँ १० वर्षपछि पक्राउ परेका छन । उच्च अदालत विराटनगरले २०६८ साल असार ३० गते मियाँलाई जबरजस्ती करणी र डाँका मुद्दामा १४ वर्ष ५ महीना १२ दिन कैद र ६४ हजार ५ सय जरिवाना सुनाएको थियो ।

उनलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको विशेष टोलीले सुनसरीको पकलीबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङमा पठाइएको ब्यूरोले जनाएको छ ।