प्रस्तावित सगरमाथा विमानस्थलको वन क्षेत्र व्यवस्थापनका लागि ५ करोड माग

उदयपुर ।
प्रस्तावित सगरमाथा विमानस्थलमा रहेको वन क्षेत्र व्यवस्थापनको काम प्रारम्भ गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयसँग ५ करोड रुपैयाँ बजेट माग गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ र २ मा रहेको प्रस्तावित विमानस्थलको वन क्षेत्र व्यवस्थापनको काम प्रारम्भ गर्न नेपाल सरकार (सचिवस्तर)बाट भदौ २२ गते निर्णय भएको भन्दै पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयसँग ५ करोड रुपैयाँ माग गरेको हो ।

वन व्यवस्थापन कार्य प्रारम्भ गर्न तत्कालै ५ करोड रुपैयाँ आवश्यक पर्ने भन्दै नागरिक उड्डयन प्राधिकरणको आग्रहपछि पर्यटन मन्त्रालयले बजेट माग गरेको हो ।
प्रस्तावित विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकको प्रतिवेदन तयार भई वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत समेत भइसकेको छ ।