नौ सय ११ जनामा कोरोना सङ्क्रमण, १३ को मृत्यु

२४ घण्टामा एन्टिजेन र पीसीआर गरी ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा देशभर नौ सय ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
आज थपिएका नौ सय ११ जनासहित नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ६३ हजार आठ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप एक हजार चार सय २३ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ३९ हजार चार सय ५७ पुगेको छ ।
यही अवधिमा थप १३ जना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय ४९ पुगेको छ ।
अहिले नेपालमा २६ हजार सात सय ५७ जना सक्रिय सङ्क्रमित रहेकामा चार सय ५४ जनाको आईसीयू र एक सय ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले छ ।