हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परी १ जनाको मृत्यु

काँकरभिट्टाः जङ्गली हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परी आइतबार मेचीनगर–९ निवासी ५७ वर्षीया बुद्धिमाया तामाङको मृत्यु भएको छ ।

हात्ती धपाउन प्रयोग गरिएको विद्युतीय तारमा परी करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । गाई वस्तु धपाउने क्रममा तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।