उदयपुरमा हिजो भएको दुर्घटनामा घाइते बालिकाको उपचारको क्रममा आज मृत्यु

विराटचोकः उदयपुरको कटारी नगरपालिका वडा नम्बर ३ देवीधापस्थित सिद्धिचरण लोकमार्गमा भएको दुर्घटनामा घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

उदयपुरको मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको स ९ प २०७ नम्बको मोटरसाइकलले स्थानीय लक्ष्मी अधिकारीकी ४ वर्षीया छोरी जिज्ञासा अधिकारीलाई ठक्कर दिएको थियो । टाउको र खुट्टामा चोट लागी गम्भीर घाइते अधिकारीको सगरमाथा अस्पताल कटारीमा उपचार हुन नसकेपछि नोबेल अस्पताल विराटनगर रिफर गरिएको थियो ।

उनको उपचारको क्रममा आज बिहान साढे ४ बजे नोबेल अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।