एकै परिवारका ६ जनाको हत्यामा संग्लग्न सार्वजनिक

संखुवासभा ।
सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या गरेको आरोप लागेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले सनिबार बिहान पक्राउ गरेको थियो ।

कार्कीले भाद्र २१ गते सोमबार छिमेकी ५५ बर्षीय तेज बहादुर कार्की, ५४ बर्षीया कमला भन्ने मनमाया कार्की, ३२ बर्षीया रञ्जना कार्की, ८ बर्षीय बिपिन भनिने दिपेन कार्की, ५ बर्षीया गोमा कार्की र ८४ बर्षीया पार्वती भन्ने पार्वता कार्कीको हत्या गरेका थिए ।
सामुहिक हत्यामा संग्लग्न रहेका कार्कीलाई घटना भएको छैटौ दिनमा पक्राउ गरी आइतबार ईलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।

पक्राउ परेका कार्की बैदेशीक रोजगारीको शिलशिलामा पटक पटक बिदेश गएता पनी स्थास्थ्यमा समस्या आई घर फर्की बसिरहेको र आफु बिदेशमा रहदा केही कमाउन नसकेको प्रति हिनताबोध भई समय समयमा बिक्षिप्त हुने गरेको र आफै आवेश तथा आक्रोशमा आई परिवारकै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेका कार्कीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।